प्रदेश १ मा वाइसीएलको जिल्ला इन्चार्ज र संयोजक तोकियो

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल व्यूतिएको छ । नेकपा विभाजन भए लगत्तै माओवादी केन्द्रले आफनो सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल व्यूताएको हो । वाइसीएलको गत चैत्र ३ गते बसेको पदाधिकारी बैठक र ४ र ५ गते बसेको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले संगठन देशैभरि व्यूत्याउने निर्णय गरेको वाइसीएलले जनाएको छ ।
जसअन्र्तगत यो चैत्र महिनाभित्र सदस्यता वितरण गर्ने, बैशाख महिनाभित्र स्थानीय तहदेखि जिल्लाका भेलाहरु सम्पन्न गर्ने, आगामी २०७८ जेठ महिनाको २० गतेभित्र प्रदेश भेलाहरु सम्पन्न गरि जेठ २८,२९ र ३० गते काठमण्डौमा राष्ट्रिय भेला गर्ने निर्णय भएको जनाईएको छ ।
प्रदेश १ मा जिल्ला इन्चार्ज र संयोजक तोकिए
बैठकले प्रदेश १ का सवै जिल्लामा संयोजक र इन्चार्ज तोकिएका छन् । जसअन्तर्गत ताप्लेजुङको ईन्चार्जमा राजन लिम्बू मुक्ति ,संयोजकमा सुजन लिम्बू ,पाँचथर ईन्चार्जमा दिलकुमार नेम्वाङ चोलुङ र संयोजकमा बिक्रम शंकर , ईलाम ईन्चार्जमा तारा बाबु सुबेदी हरि , संयोजकमा बिक्रम बाबु फियाक,झापा ईन्चार्जमा कुमार आचार्य , संयोजकमा ददी रिमाल ,मोरङ ईन्चार्जमा खगेन्द्र सुबेदी र संयोजकमा शकर भट्टराईलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरि सुनसरी ईन्चार्जमा हरि लिम्बू ,संयोजकमा भुवन याक्खा, उदयपुर संयोजकमा ज्ञानेन्द्र मगर,धनकुटा संयोजकमा डिबि तामाङ,तेह्रथुम ईन्चार्जमा छिरिङ भोटे ,संयोजकमा कुमार लिम्बू , सङ्खुवासभा ईन्चार्जमा पृथक कुमार पाठक , संयोजकमा अनिल राई ,भोजपुर ईन्चार्जमा सुरेन्द्र राई युवक र संयोजकमा करण राई चुएि ।
त्यस्तै, ओखलढुंगा ईन्चार्जमा सन्तोष मगर ।,संयोजकमा छवि धमला, खोटाङ ईन्चार्जमा राजु बिक्रम राई ,संयोजकमा सरद राई , सोलुखम्बु ईन्चार्जमा हेमचन्द्र राई ,संयोजकमा देव बस्नेतलाई जिम्मेवारी प्रदान गरिएको वाईसीएलका प्रदेश १ का संयोजक समेत रहेका केन्द्रीय सदस्य कर्म पुलामीले जानकारी दिएका छन् ।