२०८१ कार्तिक १९ गते , सोमबार

बैङ्किङ कसुरमा एक करोड ८५ लाख जरिवाना तोकेका फरार झापाका ढुङ्गाना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ४ गते , बुधबार
बैङ्किङ कसुरमा एक करोड ८५ लाख जरिवाना तोकेका फरार झापाका ढुङ्गाना पक्राउ

झापा । बैंकिङ कसूर मुद्दामा एक करोड ८५ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले झापा घर भई काठमाडौं महानगरपालिका ४ का ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई पक्राउ गरेको हो । उनलाई सिआइबीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। उपेन्द्रप्रसाद ढुंगानाले २०७५ असार २ गते पैसा नभएको खाताबाट चेक काटेर उर्मिलालाई दिएका थिए।

त्यसपछि उर्मिला कँडेलले ढुंगानाविरूद्ध प्रहरीमा बैंकिङ कसूरको मुद्दामा जाहेरी दिएकी हुन्। सो मुद्दामा उच्च अदालत पाटनले २०७७ माघ ५ गते ढुंगानालाई एक महिना कैद र एक करोड ८५ लाख जरिवाना हुने ठहर भएको थियो। सो सजाय बेरुजु भई फरार रहेका ढुंगानालाई पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

सम्बन्धित समाचार