२०८२ बैशाख ५ गते , शुक्रबार

विप्लवले फिर्ता पठाइदिए सरकारी सुरक्षाकर्मी 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २८ गते , शुक्रबार
विप्लवले फिर्ता पठाइदिए सरकारी सुरक्षाकर्मी 

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारी सुरक्षाकर्मी फिर्ता गरेका छन्। सरकारसँग सहमतिपछि फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमान्डमा १० जना प्रहरीले सुरक्षा दिँदै आएका थिए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृह मन्त्रालयको निर्देशनमा सुरक्षाकर्मी खटाएका थिए । त्यही अनुसार महानगरीय प्रहरी परिसर, काठमाडौंले सुरक्षा दिँदै आएको थियो । सरकारले विप्लवका लागि अगुवा गाडी पनि उपलब्ध गराएको थियोे । तर विप्लवले सुरक्षा व्यवस्थामा समस्या नभएको र आफू नेता, कार्यकर्तासँगै रहेको भन्दै सरकारी सुरक्षाकर्मी फिर्ता पठाएका हुन्।

सम्बन्धित समाचार