२०८१ जेष्ठ १३ गते , आईतबार

अन्तुडाँडा सामुदायिक होमस्टेहरूमा एक्सेल बैङ्कको क्युआर कोड

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २६ गते , बुधबार
अन्तुडाँडा सामुदायिक होमस्टेहरूमा एक्सेल बैङ्कको क्युआर कोड

झापा । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको  एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेडले इलामको सूर्योदय नगरपालिका –४ र ५ अन्तर्गत श्रीअन्तुमा रहेको अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टहरुमा क्युआर कोडमार्फत नगदरहित भुक्तानी सुरु गरेको छ ।

एक्सेल डेभलपमेन्ट बैङ्कले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रीअन्तुमा रहेको अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरूमा आउने ग्राहकहरूको सहजताका लागि डिजिटल भुक्तानी माध्यम ९क्युआर कोड० मार्फत नगदरहित भुक्तानी सुरु गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले बताए ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बैङ्कका सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत  गर्दै उक्त क्युआर कोड सेवा सुरु भएसँगै अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरूमा आउने ग्राहकले भुक्तानी गर्नुपर्ने रकम होमस्टेलाई सीधै उनीहरूको खातामा जम्मा हुने गरी भुक्तानी गर्न सक्ने बताए ।

कार्यक्रममा अन्तुडाँडा सामुदायिक होमस्टेहरूलाई एक्सेल डेभलपमेन्ट बैङ्कबाट उपलब्ध गराइएको क्युआर कोड हस्तान्तरण गर्दै प्रमुख अतिथि राईले कुनै पनि बैङ्कको शाखा नरहेको श्रीअन्तुमा एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेडले अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरूमा आउने ग्राहकहरूको सहजताका लागि डिजिटल भुक्तानी माध्यम ९क्युआर कोड० मार्फत नगदरहित भुक्तानी सुरु गरेकोमा बैङ्कको प्रशंसा गरेका थिए ।

त्यस्तै बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरूमा एक्सेल डेभलपमेन्ट बैङ्कले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने बताए । उनले यसका साथै वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैङ्कले आगामी दिनमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध रहने बताए ।

 बैङ्कले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्र विन्दुमा राखेर सहकार्य गर्दै आइरहेको  बताउँदै नगदरहित कारोबार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीलाई डिजिटल बैङ्किङतर्फ प्रोत्साहन गर्ने बैङ्कको प्रयास रहेको जानकारी दिए ।

कार्यक्रममा सूर्योदय नगरपालिका –४ का वडाध्यक्ष मधुसूदन लामिछाने, सूर्योदय नगरपालिका –४ का वडाध्यक्ष प्रेमकुमार तामाङ , होमस्टे एसोसिएसन नेपालका केन्द्रीय सदस्य एकराज घिमिरे, अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आले, समाजसेवी केदार अधिकारीलगायतले एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेडले अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरूमा आउने ग्राहकहरूको सहजताका लागि डिजिटल भुक्तानी माध्यम ९क्युआर कोड० मार्फत नगदरहित भुक्तानी सुरु गरेकोमा बैङ्कको प्रशंसा गरेका थिए ।

उनीहरूले श्रीअन्तुमा कुनै पनि बैङ्कको शाखा नरहेकाले वित्तीय कारोबार गर्न त्यहाँका बासिन्दालाई असहज भइरहेकाले एक्सेल डेभलपमेन्ट बैङ्कको शाखा स्थापना गरिदिन बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलसँग आग्रह गरेका थिए ।

 कार्यक्रममा अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका  ४० वटा होमस्टेका सञ्चालकहरूलाई डिजिटल भुक्तानी माध्यम ९क्युआर कोड० हस्तान्तरण गरिएको थियो ।

 कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैङ्कका असुली विभाग प्रमुख पङ्कज घिमिरे, आइटी विभाग कर्मचारी टङ्क भण्डारी, फिक्कल शाखा प्रमुख अनिल ढुङ्गानालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन एक्सेल डेभलपमेन्ट बैङ्कका बजार व्यवस्थापन प्रमुख सुमन लामिछानेले गरेका थिए ।

सम्बन्धित समाचार