२०८२ बैशाख १६ गते , मंगलबार

निर्वाचन आयोगले भन्यो : फेरि पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र आउनू

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २५ गते , मंगलबार
निर्वाचन आयोगले भन्यो  : फेरि पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र आउनू

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।  मंगलबार बसेको आयोगको बैठकले यसअघिको एकता भई बनेको पार्टीको नाम सर्वोच्च अदालतको आदेशसँगै बदर भएकाले फेरि एकीकरणको लागि आउन पत्र काटेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन्।  
पत्रमा भनिएको छ, ‘आयोगको मिति २०७५।०२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी– लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ बिपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ ९पन्ध्र० दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी–लेनिनवादी० र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० लाई जानकारी गराउने।’ 

सम्बन्धित समाचार