२०८२ बैशाख ९ गते , मंगलबार

झापामा पनि राखियो नेकपा कार्यालयमा एमालेको बोर्ड

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २५ गते , मंगलबार
झापामा पनि राखियो नेकपा कार्यालयमा एमालेको बोर्ड

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले बिर्तामोडस्थित पार्टी कार्यालयमा मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको नाम मेटाएर एमाले राखेका हुन्। उक्त कार्यालय तत्कालीन एमालेको नै हो।

नेकपामा ओली र प्रचण्ड(नेपाल समूह विभाजित भएपछि दुवै पक्षले पार्टी कार्यालयमा कुनै गतिविधि नगर्ने सहमतिअनुसार तालाबन्दी गरेका थिए। अब पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएपछि कार्यालय पुनः सञ्चालनमा आएको कार्यालय सचिव शिव ढुङ्गेले बताए। यता एमालेले आफ्नो पार्टी कार्यालय सञ्चालनमा ल्याएपछि माओवादी केन्द्र पनि छुट्टै पार्टी कार्यालय सञ्चालनको तयारीमा रहेको बुझिएको छ।

सम्बन्धित समाचार