२०८२ बैशाख १६ गते , मंगलबार
नेकपाको आधिकारिकता कट्टेललाई, सत्तारुढ नेकपाको वैधानिकता खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेललाई नेकपाको आधिकारिकता दिने फैसला सुनाएको हो।
सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले कट्टेलको रिट निवेदन अनुसार आइतबार कट्टेललाई आधिकारिकताको फैसला सुनाएको जानकारी दिए। यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ। कट्टेलले नेकपाको आधिकारिकता दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।