झापामा सामूहिक बलात्कारको शिकार भएकी एकल महिलाले उपचार पाइनन्
झापा । सामूहिक बलात्कारको शिकार वनेकी सन्थाल समुदायकी एकल महिलाले उपचार पाएकी छैनन । झापा कनकाई नगरपालिका ३ की ३१ वर्षीया महिलामाथि फागुन १० गते राति सोही नगरपालिका दुइजनाले सामूहिक बलात्कार गरेका थिए ।
बलात्कृत बनेकी पीडित महिलाको रक्तश्राव भइरहेको संरक्षक कृष्ण कुमार श्रेष्ठले जानकारी दिए । घट्नापछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात घर ल्याएको उनको भनाइ छ । अस्पतालले घर लैजानु भनेपछि ल्याए तर, उनको रक्तश्राव नरोकिएको श्रीमतीलाइ उदृत गर्दै उनले जानकारी दिए । उपचार खर्च दिन नमिल्ने प्रहरीले जनाएपछि घरमा नै आयुर्वेदिक उपचार गरिरहेपनि ठिक नभएको उनको भनाइ छ ।
पीडित महिलालाइ न्याय दिनुको सट्टा खर्च गरेर थुनामा रहेकालाइ निकाल्नु पर्छ भन्दै आएका उनले सुनाए । केश सेलाइ सक्यो अब केही हुदैन भन्दै केही समूहले दबाव दिइरहेको उनको भनाइ छ । घट्ना भएपछि प्रहरीलाइ जानकारी गराएको र हाल के हुदैछ भन्ने विषयमा जानकारीमा नआएको कनकाइ ५ की वडा सदस्य जानुका सिवाकोटीले बताइन् । महिलाको ओठ सुण्डिएको,शरिरभरी निलडाम रहेको साथै शरिर पुरै हिलो अवस्थामा फेला पारिएको उनले जानकारी दिइन् । अङकलहरु आमासँग जिस्कने बारम्बार कोठामा आउने गरेको पीडितका छोराले बताएको उनले जनाइन् ।
महिलामाथि भएको घट्ना आफुलाइ जानकारीमा नआएको मानव अधिकारका लागि महिला एकल महिला झापा अध्यक्ष रेखा अधिकारीले बताइन् । संलग्नलाइ कारबाही र पीडित महिलाले न्याय पाउनु पर्ने उनले जनाइन् । उपचारमा समस्याका विषयमा तत्काल उद्दार गरी मेची अञ्चल अस्पताल भद्रपुरमा ल्याइने उनले बताइन् ।
सोही नगरपालिका– ४ का २८ वर्षीय प्रदीप चौधरी र ५८ वर्षीय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेर शक्त घाइते बनाएको अवस्थामा प्रहरीले पक्राउ गरी जबरजस्ती करणी र कुटपिटमा मुद्दा चलाएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।
सुरुङ्गा बजारस्थित टप्पुमा डेरामा राती पुगी ती महिलासँग चिनजानका पुरुष भुजेलले ढोका खोल्न लगाई दुबै जनाले मुखमा रक्सीको वोतले कोचेर पालैपालो बलात्कार गरेको पीडित महिलालाइ उदृत गर्दै प्रहरीले जनाएको थियो । बलात्कार गरेर फरार भएपछि पीडित महिला स्थानीय काशीनाथ श्रेष्ठको घरमा शरण लिन पुगेकी थिइन् । केही वर्ष अघि मात्रै आफ्नो श्रीमान् गुमाएकी उनीसँग एउटा ७ वर्षीय छोरा मात्रै छन् । ती छोरा समेत अर्कै घरमा बसेर पठनपाठन गर्दै आइरहेका छन् ।