२०८२ बैशाख ५ गते , शुक्रबार

नवलपरासीबाट काठमाडौं हिँडे विप्लव, आज प्रधानमन्त्री ओलीसँग एउटै मञ्चबाट सम्बोधन गर्दै

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २१ गते , शुक्रबार
नवलपरासीबाट काठमाडौं हिँडे विप्लव, आज प्रधानमन्त्री ओलीसँग एउटै मञ्चबाट सम्बोधन गर्दै

झापा । सरकारसँग सम्झौताका लागि हस्ताक्षर र सम्बोधन गर्न नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं जादैछन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै मञ्चमा देखिँदै छन्।  सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दैछन्।

दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि राति नै आउने तयारी गरेका विप्लव आज विहान नवलपरासीबाट  काठमाडौं आउँदै गरेको विप्लव निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए।  काठमाडौं आउनु अघि उनले सहिद परिवारलाई भेटेका थिए। त्यसपछि उनी काठमाडौं हिँडेको डुम्रेको भनाइ छ। 

सरकारले विप्लव नेकपा माथि दुई वर्ष अघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। आजै थुनामा रहेका नेता कार्यकर्ता रिहा हुने छन्।  प्रतिबन्धपछिको २ वर्षमा विप्लव नेकपाका २ हजार भन्दा बढी नेता कार्यकर्तालाई मुद्दा लागेको छ त्यो पनि खारेज हुने भएको छ।

जेलमा रहेको विप्लव नेताहरु हेमन्तप्रकाश ओली, धर्मेन्द्र बाँस्तोला, माईला लामालगायत १ सय ३६ जना नेता कार्यकर्ता थुनामुक्त हुँदै छन्।  त्यस्तै विप्लव समूह पनि सबै राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्न र शान्तिपूर्ण राजनीति गर्न सहमत भएको छ। थाहाखबरको सहयोगमा

सम्बन्धित समाचार