२०८२ बैशाख १६ गते , मंगलबार

नेकपाको निर्णय छिटो दिन आयोगलाई पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तको दबाब

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १९ गते , बुधबार
नेकपाको निर्णय छिटो दिन आयोगलाई पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तको दबाब

झापा । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा।अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले आज संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र  स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएको स्थितिमा उनीहरुको यो प्रतिक्रिया आएको छ ।

आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता  तथा आयोगको आफ्नै शाखामा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय  दिन उनीहरुले अनुरोध गरेका हुन् । रासस

सम्बन्धित समाचार