२०८२ बैशाख ५ गते , शुक्रबार
मन्त्रिपरिषद् बैठक : फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको सहभागी एक मन्त्रीले बताए।
उनका अनुसार बैठकमा मन्त्रालयगत नियमित एजेन्डाहरुमा पनि छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेकी थिइन्। तर उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले ११ गते संसद पुनर्स्थापना गरिदिएको थियो।