२०८२ बैशाख ९ गते , मंगलबार

नेकपा नाम विवादबारे सर्वोच्चको फैसला फागुन २० मा

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १३ गते , विहीबार
नेकपा नाम विवादबारे सर्वोच्चको फैसला फागुन २० मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ। करिब ३ वर्षअघि सर्वोच्चमा दायर भएको रिटमाथि बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गरेको छ। नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले  रिट दायर गरेका थिए। 

२०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै कट्टेलले रिट दायर गरेका थिए।
सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा तत्कालीन एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने छ।

यसअघि न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको थियो। नेपाल कम्युनिस्ट पार्टीको नाम जुधेको भन्दै उनले निर्वाचन आयोगमा उजुरीसमेत दिएका थिए।

आयोगले सोही वर्षको कात्तिक ९ गते सत्तारूढ नेकपाको पक्षमा फैसला सुनाएको थियो। आयोगका सदस्यहरूको इजलासले गरेको उक्त फैसलालाई चुनौती दिँदै कट्टेल सर्वोच्च गएका हुन्। सत्तारूढ नेकपा दुई समूहमा विभाजन भइरहेको समयमा नाम विवादको मुद्दामा सर्वोच्चले फैसला सुनाउने भएको हो। थाहाखबरबाट

सम्बन्धित समाचार