सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीको गृहजिल्लामा खुशीयाली

झापा । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै दमकसहित देशैभरि खुशीयाली मनाइएको छ ।नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ता तथा नागरिकले प्रतिगमनको पराजय भएको भन्दै खुशीयाली मनाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर चौकमा नेकपा प्रचण्-माधव समूह संगै जनता समाजवादी पार्टीले एकैसाथ सर्वोच्चको फैसला प्रति खुसीयाली मनाउदै दिपप्रज्जवलन गरेका छन् । दुवै पार्टीका कार्यकर्ताहरुसहित स्थानीयहरुको बाक्लो उपस्थितिमा दिप प्रज्वलन गरि खुसीयाली मनाएका छन् ।
प्रचण्ड-माधव समूहका युवाहरुले मैनबत्ती बालेर नेपालको झण्डा फहराउँदै खुशी व्यक्त गरेका छन् । सर्वोच्चको फैसाला संविधान सच्चयाउन तथा नेपाली जनताको पक्षमा फैसला भएको भन्दै सहभागिहरुले दिपप्रज्जवलन गरि खुसीयाली मनाईएको नेकपा प्रचण्ड-माधव समूहका दमक नगर कमिटीका सचिव तिर्थराज बस्नेत (शंकर) ले वताएका छन् ।
यस्तै सर्वोच्चको फैसलाको खुसीयालीमा कमल( ५ स्थित पाडाजुंगी युवा व्यक्तित्व एलवी विष्टले आफनै घरमा दिपप्रज्जवलन गरि खुसीयाली मनाएका छन् ।यस्तै कमलका विभिन्न वडामा पनि पनि खुसीयाली मनाईएको छ ।