२०८२ बैशाख ९ गते , मंगलबार
सर्वोच्चको निर्णयले संविधान रक्षा भयो : कृष्णप्रसाद सिटौला
झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतको निर्णयले संविधानको रक्षा भएको बताएका छन्। प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेता सिटौलाले सामाजिक सञ्जालमा लेखेका छन्, 'सर्वोच्च अदालतको संसद् पुनः स्थापना गर्ने निर्णयले संविधानको रक्षा भएको छ।' यसको हामी सबैले स्वागत गरौँ। जय नेपाल । गृहजिल्ला झापा आएका बेला सिटौलाले सर्वोच्च अदालतमा संसद् विघटन विपक्षमा फैसला हुने बताउँदै आएका थिए।