प्रदेश १ सभा : मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेश
.jpg)
विराटनगर । निर्धारित समयभन्दा दुई घण्टा ढिलागरी बसेको प्रदेश १ को प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबुल भएको छ।
प्रचण्ड माधव पक्षका प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेस गरेका हुन्। अविश्वासको प्रस्ताव पेश भएपनि सत्तापक्षबाटै बैठक बहिष्कार भएपछि प्रस्तावमाथि छलफल हुन सकेन।
अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि अब प्रदेशसभाको अर्को बैठक फागुनको २० गते बस्ने भएको छ। आज बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बहिष्कार गरेको छ।
नेपालको संविधानको धारा १८८९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९९१० बमोजिम दर्ता भएको प्रदेश नं। १ का माननीय मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव ऐ नियमावली को नियम १२९ ९४० बमोजिम पेश गरेको छ।
यसअघि बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए। पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि अहिलेसम्म उक्त प्रस्ताव संसद् बैठकमा टेबल हुन सकेको छैन।
माघ ७ गतेदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै स्थगित भएको थियो। दोस्रो बैठक माघ २५ गते बसेर अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची निर्धारण भए पनि मुख्यमन्त्री निकट सांसदहरुकै अवरोधका कारण स्थगित भएको थियो। थाहाखबरबाट