२०८२ बैशाख ९ गते , मंगलबार

प्रदेश १ सभा बैठक : मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ९ गते , आईतबार
प्रदेश १ सभा बैठक : मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने 

झापा । प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो दुई बजेको लागि बोलाइएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि बैठक बोलाइएको हो।  

नेपालको संविधानको धारा १८८(४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९(१) बमोजिम दर्ता भएको प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव ऐ नियमावली को नियम १२९ (४) बमोजिम पेश हुने भएको छ। 

यसअघि बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए। पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि अहिलेसम्म उक्त प्रस्ताव संसद् बैठकमा टेबल हुन सकेको छैन। 

माघ ७ गतेदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै स्थगित भएको थियो। दोस्रो बैठक माघ २५ गते बसेर अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची निर्धारण भए पनि मुख्यमन्त्री निकट सांसदहरुकै अवरोधका कारण स्थगित भएको थियो। थाहाखबरबाट

सम्बन्धित समाचार