२०८३ बैशाख ३ गते , विहीबार
बाह्रदशी जेसीजको अफिसर तालिम सम्पन्न
भद्रपुर । झापाको प्रस्तावित बाह्रदशी जेसीजले प्रि इन्डक्सन लोम अफिसर तालिम सम्पन्न गरेका छन् । जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ससीम मियाको प्रमुख आतिथ्यमा सो तालिम सम्पन्न गरेका हुन् । ३६ जना सहभागी रहेको तालिमको प्रमुख प्रशिक्षक दमक जेसीजका पूर्व अध्यक्ष गोविन्दराज कट्टेल रहेका थिए । कार्यक्रममा मातृ शाखा सुरुङ्गा जेसीजका उपाध्यक्ष रिशभ सिंह चाहार आमन्त्रित थिए । कार्यक्रम संयोजन उपाध्यक्ष सोमनाथ बजगाईँ रहेको कार्यक्रमको सञ्चालन महासचिव तीर्थप्रसाद काफ्ले र स्वागत कार्यकारिणी उपाध्यक्ष पुष्पलाल धमलाले गरेका थिए ।