२०८३ बैशाख ३ गते , विहीबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ८ गते , शनिबार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु

झापा । मोरङको उर्लाबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ८ निवासी २३वर्षीय प्रदीप धामी र सोही ठाउँका २२ वर्षीय सुदीप भुजेलको रहेको उर्लाबारी ट्राफिक प्रमुख टायम सिवाकोटीले जानकारी दिए । पूर्व पश्चिम राजमार्ग अन्तरगत उर्लाबारीमा शनिवार साँझ करिब साढे ७ बजेको समयमा पूर्वतर्फ जाँदै गरेको प्रदेश १ ००१ क १०३५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार