२०८३ बैशाख ३ गते , विहीबार

 झापामा पाँचौँ निर्वाचन दिवस मनाइयो 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ८ गते , शनिबार
 झापामा पाँचौँ निर्वाचन दिवस मनाइयो 

झापा । जिल्ला निर्वाचन कार्यालय झापाले पाँचौँ निर्वाचन दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् ।  निर्वाचनमा सबै, सधैँ, सँगै भन्ने मूल नाराका साथ निर्वाचन कार्यालय झापाले शनिवार सरसफाइ तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएका हुन ।  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले चन्द्रगढी नागरिक उड्डयन प्राधिकरणदेखि जिल्ला प्रशासन कार्यालयसम्म सरसफाइ गरेका थिए ।

त्यसपश्चात् निर्वाचन कार्यालय झापाको प्राङ्गणमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले पाँचौँ निर्वाचन दिवसको औचित्य र आगामी प्रतिनिधिसभाको निर्वाचन तथा आचार संहिताका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्रहरी प्रशासन प्रमुखहरू, कर्मचारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार