२०८३ बैशाख ३ गते , विहीबार

माटोको ढिस्कोले पुरिएर दाजुको मृत्यु, भाइ घाइते

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ८ गते , शनिबार
माटोको ढिस्कोले पुरिएर दाजुको मृत्यु, भाइ घाइते

सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका ८ का १४ वर्षीय प्रज्वल राईको बालुवा र माटोसहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । शनिवार दिउसो १ बजे बराह क्षेत्र ८ सालबन्दी स्थित कोसी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा प्रज्वललाई बालुवा र माटो सहितको ढिस्को झरी पुरेको स्थानीयले देखी तत्काल उपचारका बराह क्षेत्र नगर अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । साथै उनीसँगै खेल्ने गएका उनका भाइ १० वर्षीय राजन राई समेत पुरिएर घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार