झापामा दुईवटा माेटरसाइकल ठाेक्कियाे, ग्लाेबल आइएमइ बैंकका कर्मचारीकाे मृत्यु, दुई जना घाइते
झापा । झापामा दुईवटा माेटरसाइकल एकआपसमा ठाेक्किदा एक जनाकाे मृत्यु भएकाे छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्य रहेकाे प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । मृतक आचार्य ग्लाेबल आइएमइ बैंक फिक्कल शाखाका प्रमुख हुन । दुर्घटनामा परी निधारमा गम्भीर चोट लागेका उनकाे उपचारकाे क्रममा बिर्तामोड स्थित बिएण्डसी हस्पिटलमा शनिबार विहान मृत्यु भएकाे हाे । प्रहरीका अनुसार मेचीनगर १३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे ११ प ४४७८ नम्बरकाे मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एकआपसमा ठाेक्किदा दुर्घटना भएकाे थियोे । दुर्घटनामा परी मे ११ प ४४७८ माेटरसाइकलकाे पछाडि सवार भद्रपुर १० बस्ने २६ बर्षीय विकाश बुढाथोकी र मे ११ प ११३१ नम्बरका माेटरसाइकल चालक अर्जुनधारा -१० बस्ने १८ बर्षीय मनिष परियार गम्भीर घाइते भएका छन् । उनीहरूकाे बिएण्डसी हस्पिटलमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।