२०८३ बैशाख ३ गते , विहीबार
मारवाडी समुदायको गौरव ग्रन्थ प्रकाशित हुने
झापा । नेपालमा बसोबास गर्ने मारवाडी समुदायबाट अमूल्य योगदान गर्ने व्यक्तिहरूको सम्झनामा मारवाडी गौरव ग्रन्थ प्रकाशित हुने भएको छ ।
नेपालमा रहेर मृत्यु भएका मारवाडी समाजका अग्रणीहरूले आफ्नो जीवनकालमा समाजको लागि गरेका योगदान र गौरवसहित अविस्मरणीय घट्नाहरुको सगांलोको रुपमा ग्रन्थ प्रकाशन गरिन लागेको समाजसेवी भीखमचन्द सरलले बताए ।
मारवाडी तथा अन्य भाषा समेतमा सन्दर्भ सामग्री प्रकाशित हुने सो ग्रन्थ नेपालमा पहिलो पटक मारवाडी समुदायको भूमिका र योगदानको उल्लेख्य विवरण हुने भएको छ ।
ग्रन्थ प्रकाशनको लागि भीखमचन्द सरलको अध्यक्षतामा गठित समितिमा लक्ष्मण नेवटिया, डा दिलीप जालान् ९महासचिव०, गिरिराज अटल, इन्दु तोदी, फुलकुमार लालवाणी र पकंजकुमार शर्मा रहेका छन् । समितिले आवश्यकता अनुसार समितिको विस्तार गर्ने जनाएको छ ।