२०८३ बैशाख ३ गते , विहीबार

निर्मला र भागरथीको हत्यारालाई कारबाहीको माग गर्दै काँकडभिट्टामा विरोध प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ५ गते , बुधबार
निर्मला र भागरथीको हत्यारालाई कारबाहीको माग गर्दै काँकडभिट्टामा विरोध प्रदर्शन

झापा । निर्मला पन्त र भागरथी भट्टको हत्यारालाईकारबाहीको माग गर्दै पूर्वी नाका काँकडभिट्टामा बुधवार विरोध प्रदर्शन गरिएको छ ।  हाम्रो अभियान नामक सामाजिक संस्था र देवकोटा पार्कले पछिल्लो समय बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी र निर्मला पन्तलगायतका अपराधीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई सरकारले उन्मुक्ति दिएकोप्रति चर्को नाराबाजी गर्दै सुरु भएको प्लेकार्डसहितको र्याली  काँकडभिट्टा बजार परिक्रममा गरी कोण सभामा परिणत भएको थियो । कोणसभालाई हाम्रो अभियानकातर्फबाट नरेश मोहोरा र खगेन्द्र घिमिरेले सम्बोधन गरेका थिए ।
उनीहरूले भागरथी भट्टको हत्यामा संलग्न अपराधी भन्दै एक व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि ती वास्तविक अपराधी हुन् वा अरू कसैलाई उभ्याइएको भन्नेमा आशङ्का उब्जिएको बताएका छन् ।
देशमा पछिल्लो पटक भइरहेका बलात्कारपछि हुने हत्याले चेलीहरू असुरक्षित हुँदै गएको भन्दै सरकारको उनीहरूले चर्को आलोचना गरेका थिए । राजनीतिक दलका नेताहरू कुर्सीका लागि जनतालाई सडकमा उतार्ने गरेको तर, महिला हिंसा जस्ता विषयमा मौन बस्ने गरेको उनीहरूले बताए । 
सभामा देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा, युवा समाजसेवी गणेश खरेल, परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपाल, पत्रकार मोहन काजीलगायतको उपस्थिति  रहेको थियो । कोणसभापछि निर्मला पन्त, भागरथी भट्टलगायत बलात्कारपछि हत्या गरिएका उनीहरूको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारणसहित दीप प्रज्वलन गरेका थिए ।
 

सम्बन्धित समाचार