२०८१ माघ २५ गते , शुक्रबार
झापामा जबरजस्ती करणी उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ

झापा । झापामा जबरजस्ती करणी उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक जिल्ला इलाम बरबोटे ९ हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा २ लालमाटी बस्ने ४५ वर्षीय गङ्गाप्रसाद ढकाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
झापा जिल्ला अदालतले २०७६ माघ २४ गते गरेको फैसला अनुसार ढकाललाई जबरजस्ती करणी उद्योग मुद्दाको अभियोगमा छ महिना कैद र पाँच हजार जरिवाना तोकेका थिए । सोही दिनदेखि फरार भएका उनलाई प्रहरीले मङ्गलवार पक्राउ गरेको हो । पक्राउ परेका ढकाललाई झापा जिल्ला अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि झापा कारागार चलान गरिने प्रहरीले जनाएको छ ।