२०८३ बैशाख ३ गते , विहीबार
झापामा मोटरसाइकल दुर्घटना, एक युवकको घटनास्थलमै मृत्यु
झापा । मोटरसाइकल दुर्घटनामा परी झापामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ शरणामति बस्ने २२ वर्षीय सनम तामाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार मंगलबार साँझ साढे ६ बजेको समयमा झापा गाउँपालिका ७ स्थित सानोमाई खोलाको पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १३ प ९०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा परी तामाङको घटनास्थलमै मृत्यु भएको डिएसपी राकेश थापाले जानकारी दिए ।
यता घटना पश्चात प्रहरी चौकी शरणामतिको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टका लागि अस्पताल पठाइसकेको जनाइएको छ ।