२०८२ बैशाख १२ गते , शुक्रबार

विवेकशील साझा पार्टीको १ नम्बर प्रदेश कमिटी गठन

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ४ गते , मंगलबार
विवेकशील साझा पार्टीको १ नम्बर प्रदेश कमिटी गठन

झापा । विवेकशील साझा पार्टीको १ नं प्रदेश कमिटी गठन भएको छ । झापाको बिर्तामोडमा मंगलबार भएको भेलाले कार्यवाहक प्रदेश संयोजक महेन्द्रकुमार थापालाई नै प्रदेश संयोजकमा निरन्तरता दिने निर्णय गर्दै २५ सदस्यीय कमिटी निर्माण गरेको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा पार्टी सचिवालय सदस्य अनिल भेट्वाल,केन्द्रीय सदस्य भीमप्रसाद अधिकारी ,केन्द्रीय सदस्य रेवतीरवण सुवेदीले कार्यक्रमको उद्धेश्यदेखि पार्टी संगठन निर्माण र भावी रणनीतिलगायत वैकल्पिक राजनीतिको आवश्यकता र औचित्यका बारेमा कार्यकर्तालाई जानकारी दिएका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य अमलेश कर्ण, डा। तारा काफ्ले ,रमेश विष्टको समेत उपस्थिति रहेको थियो । झापा जिल्ला संयोजक मेदनी प्रसाईले सहभागीलाई स्वागत गरेको कार्यक्रमको संचालन झापा जिल्ला युवा संगठन संयोजक राजेन्द्र खनाल र प्रदेश सदस्य सुरोज दंगालले गरेका थिए ।

सम्बन्धित समाचार