२०८१ माघ २५ गते , शुक्रबार

सपना मगरको उजुरीपछि पक्राउ परे विनयजंग बस्नेत 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ४ गते , मंगलबार
सपना मगरको उजुरीपछि पक्राउ परे विनयजंग बस्नेत 

झापा । सपना रोका मगरलाई नग्न तस्वीर सार्वजनिक गर्ने धम्कीदिने विनयजंग बस्नेत पक्राउ परेका छन् । सपनाले अभद्र व्यवहारको मुद्दा दायर गरेपछि उनलाई मंगलबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनी काठमाडौंको गोंगबु क्षेत्रबाट पक्राउ परेका हुन् ।  बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए। यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। सपना बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी व्यक्ति हुन् । 

सम्बन्धित समाचार