२०८१ माघ २५ गते , शुक्रबार

भद्रपुरमा ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ४ गते , मंगलबार
भद्रपुरमा ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

भद्रपुर । टाउको ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन् । भद्रपुर नगरपालिका ७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उराउले आफ्नै श्रीमती ५७ बर्षीया फुलसिता उराउको हत्या गरेका हुन । 
श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान् साहिबालाई पक्राउ गरिसकेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार सोमबार दिउँसो ३ बजे श्रीमान् श्रीमती दुवै जना मदिरा सेवा गरी झगडा गरेका थिए । झगडाको क्रममा श्रीमानले श्रीमतीको टाउको  ढुङ्गा प्रहार गरेका थिए । श्रीमानको  ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । 
त्यहाँ उपचार गराई क्वाटरमा ल्याए पश्चात् उनको मङ्गलवार बिहान २ बजे मृत्यु भएको थियो । मृत्यु भएको जानकारी तत्काल त्यहाँका स्थानीयले वडा प्रहरी कार्यालय भद्रपुरलाई विहान ८ बजे जानकारी गराएका थिए । वडाका प्रहरी निरीक्षक डम्बर पुरीको नेतृत्वमा घटनास्थलमा पुगेका प्रहरीले श्रीमान् साहिबालाई पक्राउ गरिसकेको छ । यता शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल पठाउने जनाइएको छ ।
 

सम्बन्धित समाचार