२०८३ बैशाख ३ गते , विहीबार

मोरङमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २ गते , आईतबार
मोरङमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङ ।  मोरङमा ट्रकले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेमा साइकलमा यात्रा गरिरहेका मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठलाई ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

सम्बन्धित समाचार