२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा दिप प्रज्वलन गरी २६ औं जनयुद्ध दिवस मनाइयो

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १ गते , शनिबार
भद्रपुरमा दिप प्रज्वलन गरी २६ औं जनयुद्ध दिवस मनाइयो

भद्रपुर । २६ औं जनयुद्ध दिवस भद्रपुरमा दीप प्रज्वलन गरी मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर कमिटीले भद्रपुरको झापा चोकमा शनिवार साँझ जनयुद्ध दिवस दीप प्रज्वलन गरी मनाएका हुन् । कार्यक्रममा सहभागीहरूले प्रतिगमनकारी मुर्दावाद, महान् जनयुद्ध जिन्दाबाद, असंवैधानिक कदम खारेज गर लगायतको नाराबाजी समेत लगाएका थिए । यता दीप प्रज्वलन पश्चात् आयोजित सभामा नेकपा नगर कमिटीका अध्यक्ष शिवकुमार राजभण्डारी, जिल्ला सदस्य नरेश सन्जेल, भद्रपुर ४ नम्बर वडा अध्यक्ष हंस राजवंशी, सानु कुमार लगायतले बोलेका थिए । 

तत्कालीन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा सुरु भएको जनयुद्धको आज २६औं वर्षगाँठ हो । विसं २०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र विद्रोह २०६२–६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो। यस दिनलाई पूर्व माओवादीले कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिनको रुपमा लिने गर्दै आइरहेका छन् । 

सम्बन्धित समाचार