२०८३ बैशाख ३ गते , विहीबार

मलेसियामा सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई हल्दिबारी कतार समाजको आर्थिक सहयोग

sajilo news
पार्थ मण्डल
२०७७ माघ ३० गते , शुक्रबार
मलेसियामा सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई हल्दिबारी कतार समाजको आर्थिक सहयोग

भद्रपुर । मलेसियामा सवारी दुर्घटनामा परी मृत्यु भएका झापा हल्दिबारी गाउँपालिका-४ जलथल निवासी सतलाल सिंह मेचेका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । 
वैदेशिक रोजगारीका लागि गएका हल्दिबारी गाउँपालिका दोहा कतार समाजले त्यहीबाटै रकम सङ्कलन गरी परिवारजनलाई आर्थिक सहयोग गरेका हुन । 
समाजका बासूँ वनका अनुसार मेचे समाज हल्दिबारीका अध्यक्षका रञ्जित मेचेलाई आइएमई मार्फत ९१ हजार ८ सय १९ रुपैयाँ पठाइसकेका छौँ । अध्यक्ष मेचेले सो रकम परिवारजनका सदस्यलाई घरमा पुगेर हस्तान्तर गरिदिने उनले बताए । 
आर्थिक अवस्था निक्कै कमजोर भएका सतलाल करिब ६ वर्ष वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनी घर फर्किनका लागि मलेसियास्थित नेपाली दूतावास जाने क्रममा यही जनवरी १ तारिखका दिन सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । उनी ट्याक्सी चढेर दूतावास गइरहेको अवस्थामा दुर्घटनामा परेका थिए । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव मलेसियाकै अस्पतालमा रहेको जनाइएको छ । 
नेपाल सरकारले कानुनी प्रक्रिया पुरा गरी चार्टर विमान नपठाएसम्म उनको शव नआउने बुझिएको छ । वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकहरूमा जाने नेपालीहरूको उद्धार, समस्या र ज्यान गुमाउँदा परिवारजनमाथि पर्ने बज्रपातलाई केही राहत र सहयोग गर्ने भावना बोकेर हल्दिबारी गाउँपालिका दोहा कतार समाज गठन गरिएको वनले बताए ।
 

सम्बन्धित समाचार