२०८३ बैशाख ३ गते , विहीबार

टिपरले मोटरसाइकललाई ठक्कर दियो, श्रीमानको घटनास्थलमै मृत्यु, श्रीमती घाइते

sajilo news
पार्थ मण्डल
२०७७ माघ ३० गते , शुक्रबार
टिपरले मोटरसाइकललाई ठक्कर दियो, श्रीमानको घटनास्थलमै मृत्यु, श्रीमती घाइते

झापा । टिपरको ठक्करबाट संखुवासभामा मोटरसाइकलमा सवारी एक जनाको ज्यान गएको छ भने अर्को एक जना गम्भिर घाइते भएका छन् । मोटरसाइकलमा सवार श्रीमान र श्रीमती हुन् भने चालक श्रीमानको घटनास्थलमै ज्यान गएको संखुवासभा प्रहरीले जनाएको छ । संखुवासभाको मकालु गाउँपालिका–५ मा टिपरले ठक्कर दिएको थियो । 

मृत्यु हुनेमा मकालु–३ हेदांनाका ४२ वर्षीष खड्गबहादुर राई रहेको प्रहरीले जनाएको छ । खाँदबारी किमाथांका सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को२३प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो। ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छिन्। मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार