२०८३ बैशाख ३ गते , विहीबार

ताप्लेजुङ र मोरङमा ट्याक्टर दुर्घटना : चालक र सह-चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ माघ ३० गते , शुक्रबार
ताप्लेजुङ र मोरङमा ट्याक्टर दुर्घटना : चालक र सह-चालकको मृत्यु

झापा / ताप्लेजुङको पाथीभरा याङवरक १ नाङखोल्याङका २० वर्षीय सूर्यमान राईको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । बिहीबार २ बजे ताप्लेजुङ पाथीभरा याङवरक ४ डुम्रिसे स्थित भित्री सडक खण्डमा ना ७ त ३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा रहेका सहचालक राईको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर चालक याङवरक १ का २३ वर्षीय नरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ  । 
यता मोरङ सुनवर्षी ४ का २३ वर्षीय मिथलेस यादवको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । बिहीबार राती साढे ९ बजे सुनवर्षी ४ स्थित भित्री सडक खण्डमा को १ त ३६७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक यादव गम्भीर घाइते भएका थिए । घाइते यादवको रङेली अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार