२०८१ चैत्र १३ गते , बुधबार

निर्वाचन आयोग गएर ओलीले धम्काएछन् : माधव नेपाल

sajilo news
पार्थ मण्डल
२०७७ माघ २८ गते , बुधबार
निर्वाचन आयोग गएर ओलीले धम्काएछन् : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पाप गर्नेलाई पशुपतिले पनि माफ नगर्ने बताएका छन्।  काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्, चेतना भया। केपीको पाप बत्ति बालेर कसैले पनि पखालीदैन।’

ओलीलाई बलात्कृत भएको महिलाले पनि सरापिरहेको बताए। ओलीले भ्रष्टाचारको कार्यक्रम गरेर मान्छेलाई भाडामा ल्याउँदा समेत केही हजार मान्छे मात्रै ओलीसँग भएको बताए। 

केपी ओली बहुमतको शासन मान्न तयार नभएको बताए। निर्वाचनको आयोगको पत्रअनुसार आफ्नो पक्षमा तीन सय रहेको र ओलीको पक्षमा एक सय मात्रै रहेको बताए।  ‘ओलीले निर्वाचन आयोगमा गएर पार्टीको पहिलो अध्यक्ष भनेर धम्काएछन्। ओली गुटको र बालकोटको प्रथम अध्यक्ष होलान्। तर, नेकपाको होइन’ उनले भने, निर्वाचन आयोग अगाडि बढाइरहेको प्रक्रियमा हस्तक्षेप गर्न थालिरहेका छन्।’ थाहाखबरबाट

सम्बन्धित समाचार