२०८१ आश्विन १८ गते , शुक्रबार

काँग्रेस नेता सिटौलाको प्रश्न : प्रधानमन्त्री किन डराउनु भयो सर्वदलीय बैठक बोलाउन ?

sajilo news
पार्थ मण्डल
२०७७ माघ २७ गते , मंगलबार
काँग्रेस नेता सिटौलाको प्रश्न : प्रधानमन्त्री किन डराउनु भयो सर्वदलीय बैठक बोलाउन ?

भद्रपुर  । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले  प्रधानमन्त्री केपी शर्मा ओलीले दरबारमार्गको मुख्य सडक कब्जा गरेर दिएको भाषण जनताको अधिकारमाथि धम्की भएको आरोप लगाएका छन् । 
काँग्रेस नेता सिटौलाले गृह नगर भद्रपुरमा पत्रकारहरूसँग गरेको संक्षिप्त भेटघाट कार्यक्रममा बोल्दै भने, ‘जनआन्दोलनका अगुवा नागरिक समाजले शान्तिपूर्ण सडक आन्दोलन गर्दा लाठी र पानीको फोहोरा हान्न लगाउने प्रधानमन्त्री ओली आफै चाहिँ सडक कब्जा गर्दै औला ठडाएर भाषण ठोक्नु जनताको अधिकारमाथि धम्की दिएको हो ।’

नेता सिटौलाले, ‘प्रधानमन्त्रीले सारा राज्य सयन्त्र खनाएर, स्थानीय तहको ढुकुटी खर्च गरेर देशभरका जनप्रतिनिधिलाई काठमाडौँ बोलाएर सडक कब्जा गर्न मिल्छ ? सरकारले त विरोध प्रदर्शन रोक्न वार्ता बोलाउनु पर्छ, प्रधानमन्त्रीले गरेको निर्णयको विषयमा अहिलेसम्म सर्वदलीय बैठक बोलाउनु भएको छैन, यो कस्तो विडम्बना हो ।’ ‘प्रधानमन्त्रीलाई वैशाखमा निर्वाचन गराउनु थियो भने अहिलेसम्म कि सर्वदलीय बैठक बोलाउनु भएन, किन डराउनु भयो उहाँ सर्वदलीय बैठक बोलाउन ?, नेता सिटौला भने, ‘यस अघिका सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सर्वदलीय बैठक बोलाएर त्यस विषयमा छलफल गर्ने, आचारसंहिता कसरी बनाउने, निर्वाचन आयोगलाई के भन्नु पर्ने गर्थे, तर अहिलेको सरकार के गर्दैछ, सरकारको दायित्व के हो ? सर्वदलीय बैठकको सामना गर्न प्रधानमन्त्री आफै भागिरहनु भएको उनको भनाई छ ।
 ‘नेपाल कम्युनिस्ट पार्टी नै हो देशमा, ओली, प्रचण्ड र माधवकुमार नेपाल नै हो देशमा, उहाँका कार्यकर्ता मात्र जनता हुन, अरू कुनै पार्टी छैन र देशमा रु, उनले भने, ‘जनतालाई धम्कीपूर्ण भाषण दिने प्रधानमन्त्रीले गराउने निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाधलिरहित हुन्छ भन्ने के विश्वास छ !, 
‘प्रधानमन्त्रीले जनतालाई भन्नु पर्ने हो, मैले संसद् विघटन गर्ने निर्णय गरे, यो ठिक लागेर मैले गरेको हो, अदालतमा यो मुद्दा विचाराधीन छ प्रतीक्षा गर्नुहोस् भन्नु पर्छ कि पर्दैन,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले भाषणमा भन्नु हुन्छ कि संसद् पुनर्स्थापना हुने आशा छैन, यो कस्तो अभिव्यक्ति हो उहाँको अच्चम लाग्छ’ लोकतान्त्रिक संविधानबाट बनेको सर्वोच्च अदालतको फैसला जनताको पक्षमा आउने विश्वास व्यक्त गर्दै उनले भने, ‘संसद् पुनर्स्थापना भएन भने २०४७ सालको संविधान जस्तै वर्तमान संविधान पनि रहँदै र देश ठुलो सङ्कटमा फस्छ ।’   
 

सम्बन्धित समाचार