२०८३ बैशाख ३ गते , विहीबार

झापा र मोरङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ माघ २७ गते , मंगलबार
झापा र मोरङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु

झापा ।  झापा र मोरङमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका १ मा को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । स्कुटर चालक बेलवारी ४ का २७ वर्षीय अनमोल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै झापाको गौरिगञ्ज गाउँपालिका ९ मा को १३ प २०४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौरादह नगरपालिका ९ का ३९ वर्षीय पुरुषोत्तम फुँयलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । 

सम्बन्धित समाचार