२०८३ बैशाख ३ गते , विहीबार

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

sajilo news
पार्थ मण्डल
२०७७ माघ २७ गते , मंगलबार
माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

झापा । सरकारले यहि माघ ३० गते ल्होछारको पर्वको अवसरमा सार्वजानिक विदा दिने भएको छ।  तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक विदा दिने भएको हो।  यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिईँदै आएको विदा ओली नेतृत्वकै सरकारले ३ वर्ष अघि कटौती गरेको थियो।

तामाङ समुदायको नेतृत्व गर्ने नेपाल तामाङ घेदुङको बारम्बारको आग्रहपछि हिजो बसेको मन्त्रिपरिषदको विदा पुनः दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए। यो वर्ष तामाङ समुदायले २०५७ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन्। यसैबीच यो वर्ष विगतका वर्षहरुमा जस्तै ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा कार्यक्रम नहुने भएको छ। 

कोभिडको जोखिम अझै कायम रहेकाले भर्चुअल माध्यमबाट कार्यक्रमहरु गर्ने र घरघरमा मनाउने तयारी गरेको नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङले जानकारी दिए। यो वर्ष मुसा वर्गलाई विदाई गरी गोरु वर्गको स्वागत गरिँदैछ। 

सम्बन्धित समाचार