२०८३ बैशाख ३ गते , विहीबार
झापा उद्योग सङ्घद्वारा पत्रकार गिरी र काफ्ले पुरस्कृत
भद्रपुर । झापा उद्योग सङ्घ जिल्ला कार्य समिति भद्रपुरले आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा भद्रपुरका दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनमा सोमबार आयोजित साधारण सभामा सङ्घले निर्माण लहर साप्ताहिकका सम्पादक तथा रेडियो नेपालका झापा समाचारदाता रोहित काफ्ले र नागरिक एफएमका समाचार सम्पादक तथा साप्ताहिक समाचारपत्रका प्रधान सम्पादक गोपाल गिरीलाई जनही नगद पाँच हजार एक रुपैयाँले पुरस्कृत गरेको हो । पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रको समाचार एवम् सङ्घको गतिविधि प्रकाशन–प्रसारण गर्दै समाजलाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पुर्याएकोमा काफ्ले र गिरीलाई पुरस्कृत गरिएको झापा उद्योग सङ्घका अध्यक्ष टिकाराज ढकालले बताए ।