२०८३ बैशाख ३ गते , विहीबार

वीरता जेसीजद्वारा राजवंशीलाई खाद्यान्न सामग्री , खतिवडालाई अवार्ड

sajilo news
पार्थ मण्डल
२०७७ माघ २६ गते , सोमबार
वीरता जेसीजद्वारा राजवंशीलाई खाद्यान्न सामग्री , खतिवडालाई अवार्ड

बिर्तामोड । वीरता जेसीजले बिर्तामोड – ९ गरामनी सतालसिंह बाडी निवासी सम्पत्लाल राजवंशीलाई खाद्यान्न सामग्री प्रदान गरेको छ ।  वीरता जेसीजका स्वास्थ्य संयोजक घनश्याम चौधरीको जन्मोत्सवको अवसर पारेर विपन्न अवस्थाका राजवंशीलाई खाद्यान्न सामग्री वितरण गरिएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।
वीरता जेसीजका अध्यक्ष धिमालको नेतृत्वमा गएको टोलीले राजवंशीको घरमै पुगेर नौ हजार रुपैयाँ बराबरको चामल , तेल,दाल,चना र चिनी लगायतका खाद्यान्न सामाग्री राजवंशीलाई वितरण गरिएको कार्यक्रम संयोजक तथा वीरता जेसीजका स्वास्थ्य संयोजक चौधरीले बताए ।
आफ्नो घरमै आएर खाद्यान्न सामग्री प्रदान गरेकोमा राजवंशीले वीरता जेसीजको टोलीलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठले गरेको अवार्ड संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।  
 
संयुक्त सचिव  खतिवडालाई जेसी अफ द मन्थ जनवरीको अवार्ड

वीरता जेसीजका संयुक्त सचिव  टिकाराम खतिवडालाई जेसी अफ द मन्थ जनवरीको अवार्ड प्रदान गरिएको छ । वीरता जेसीजको सचिवालयमा सोमबार आयोजित  प्रथम बोर्ड बैठकमा वीरता जेसीजका अध्यक्ष राजीव धिमाल र निवर्तमान अध्यक्ष मिजास पोखरेलले  संयुक्त सचिव टिकाराम खतिवडालाई जेसी अफ द मन्थ जनवरीको  अवार्ड प्रदान गरेका हुन् ।

वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न सुरु गरेको  वीरता जेसीजका अध्यक्ष धिमालले बताए ।
 उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न अरूलाई पनि प्रेरित गर्ने उद्देश्यले वीरता जेसीजले सन् २०१८ देखि जेसी अफ द मन्थको अवार्ड प्रदान गर्ने कार्यको थालनी गरिएको र यस वर्ष पनि यस कार्यलाई निरन्तरता दिइएको उनले बताए । कार्यक्रमको सहजीकरण वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठले गरेका थिए ।  
 

सम्बन्धित समाचार