२०८१ माघ १० गते , विहीबार

राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्दै कचनकवलमा जसपाको विरोध प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७७ माघ २५ गते , आईतबार
राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्दै कचनकवलमा जसपाको विरोध प्रदर्शन

भद्रपुर  । नेपालकै होचो भू-भाग झापाको कचनकवलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।  असंवैधानिक संसद् विघटनविरुद्ध जनता समाज पार्टी झापाले कचनकवल गाउँपालिका- ६ स्थित बनियानी चोकमा आइतबार विरोध प्रदर्शन गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन । कार्यकर्ताले पुतला दहन गरेसँगै कार्यक्रममा स्थलमा परिचालित नेपाल प्रहरीले आगो निभाएका थिए । सर्वोच्च अदालतमा संसद् विघटनको मुद्दा चलिरहेको बेला गत बुधवार सरकारले संवैधानिक निकायहरूमा गरेको नियुक्तिले देशलाई थप सङ्कटमा पारेको भन्दै त्यसको विरोधमा जसपा सडकमा उत्रिएको बताइएको छ ।  
पुतला दहन पश्चात् आयोजित कोणसभामा बोल्दै भने जसपाका नेताहरूले प्रधानमन्त्री ओलीको कदम नसच्चिए नेपाली जनताले बालुवाटारबाट घिसारेर सडकमा ल्याउने आक्रोश पोखेका छन् । 
कोणसभामा जनता समाज पार्टीका केन्द्रीय सदस्यहरू पृथ्वी कार्की, सूर्यनारायण गणेश,  प्रदेश सदस्य शर्मिला आङदम्बे , जिल्ला अध्यक्षद्वय दिपेनवाला राई, अनुतसिह राजवंशी, जिल्ला उपाध्यक्ष सङ्गीता रौनियार, जिल्ला सचिव देवेन्द्र किशोर ढुङ्गाना, कचनकवल गाउँ समितिका अध्यक्ष कर्ण राजवंशी,  गौरी मान राईलगायतले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम सच्याउनुको सट्टा संविधान ऐन कानुनको धज्जी उडाउँदै थप संविधान विरोधी काम गर्न थालेकाले पार्टीले बाध्यात्मक अवस्थामा प्रतिगमनको विरुद्ध देशभर सडक आन्दोलन गरिरहेकोमा जोड दिएका छन् ।  
 

सम्बन्धित समाचार