२०८३ बैशाख ३ गते , विहीबार
बन्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङखेलका ४३ वर्षीय नरबहादुर लिम्बु हत्याको आरोपमा पक्राउ परेका छन् । आज बिहान ११ बजेको समयमा लिम्बुले घरायसी वादविवादको कारण आफ्नै श्रीमती ४७ बर्षीया मईतरानी लिम्बुलाई बन्चरोले प्रहार गरी हत्या गरेका थिए । खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।