२०८३ बैशाख ३ गते , विहीबार
गोबरको खाल्डोमा डुबेर झापामा ३ बर्षीया बालिकाको मृत्यु
झापा । झापाको अर्जुनधारामा एक बालिकाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका ४ स्थित मदनपुरमाराज अधिकारीकी ३ वर्षीया छोरी योजनाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकै आमा पूजा अधिकारीसँगै खेतबारीमा खेल्दै पुगेकी ३ वर्षीय योजनाको गोबर ग्यासमा प्रयोग गरिएपछि भण्डारण गरिने गोबरको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।
करिब ३ फिट गहिरो खाल्डोबाट निकालेर उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल पुर्याउन साथ चिकित्सकले बालिकालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडको एक टोलीले घटनास्थलको मुचुल्का उठाएको छ भने बालिकाको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।