२०८१ चैत्र १४ गते , विहीबार
ओली समूहले विराटनगरमा जनसभा गर्ने, १ लाख ४६ हजार बढी कार्यकर्ता उतार्ने

विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले आगामी फागुन ८ गते विराटनगरमा जनसभा आयोजना गर्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा आयोजना गरिने सभामा १ लाखभन्दा बढी जनता उतार्ने निर्णय गरेको हो ।
काठमाडौँको धुम्बाराहीमा बसेको प्रदेश १ का केन्द्रीय कमिटीका सदस्य, जिल्ला कमिटीका अध्यक्ष, सचिव, प्रदेश कमिटीका सदस्य, प्रदेश सभा सांसदलगायतको बैठकले सभा आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य राजेन्द्र प्रसाद गौतमले जानकारी दिए ।
प्रदेश १ को विस्तारित बैठक बसेर फागुन ८ गतेको सभामा १ लाख ४६ हजार ६५६ जना उतार्ने निर्णय गरेका छौँ, गौतमले भने केपी ओलीको साथमा छौँ भन्ने मान्यता सभाबाट स्थापित गर्नेछौँ । पछिल्लो समय ओली समूहले पनि शक्ति प्रदर्शन गरिरहेको छ । सो समूहले शुक्रवार राजधानीमा सभा गरेको थियो ।