२०८३ बैशाख ३ गते , विहीबार

क्षितिज साहित्य प्रतिष्ठानको मासिक काव्य सभामा रमाए स्रष्टा

sajilo news
पार्थ मण्डल
२०७७ माघ २४ गते , शनिबार
क्षितिज साहित्य प्रतिष्ठानको मासिक काव्य सभामा रमाए स्रष्टा

बिर्तामोड ।  क्षितिज नाट्य समूह झापाको उपसमिति अन्तर्गत गठन गरिएको  क्षितिज साहित्य प्रतिष्ठान झापाको आयोजनामा मासिक काव्य सभा सम्पन्न भएको छ ।
 क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष साहित्यकार तुलसीप्रसाद भट्टराईको अध्यक्षता तथा सचेत धिमाल युवा समाजका अध्यक्ष हरि धिमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य कृष्ण पोखरेलले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि धिमालले दान पेटीकामा एक हजार २० रुपैयाँ छिराएर कार्यक्रमको उद्घाटन गरेका थिए भने दुर्गा सिग्देलले एक हजार रुपैयाँ प्रदान गरेका थिए ।

क्षितिज नाट्य समूह झापाको अगुवाइमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन बहु भाषी, बहु जाति, बहु सांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित कार्यक्रममा साहित्यकारहरू देवी चरण भण्डारी, खगिन्द्रा खुसी,अच्युत दाहाल , अञ्चु सुवेदी, दुर्गा सिग्देल, समीक्षा खतिवडा, मिना अधिकारी, सुजन सिवाकोटी, सिताराम भट्टराईलगायतले गीत , कविता वाचन गरेका थिए ।
कार्यक्रममा नायक तथा निर्माता निश्चल बस्नेतले प्रदेश न।ं १ कै ऐतिहासिक धरोहरको रुपमा क्षितिज नाट्य समूह झापाको अगुवाइमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा बहु भाषी, बहु जाति, बहु सांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण भइरहेको र यसको निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।
उनले आफू पनि रङ्गकर्मी भएको बताउँदै बहु भाषी, बहु जाति, बहु सांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरले प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधव कल्पितले लोप हुन लागेको भाषा ,कला र साहित्यको संरक्षण र सम्वद्र्धन गर्दै सबै जातजाति तथा भासाभासीको सामूहिक अपनत्व कायम गराउने उद्देश्यले बहु भाषी, बहु जाति, बहु सांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा सबै क्षेत्रका स्रष्टालाई अवसर प्रदान गरी उनीहरूका प्रतिभा प्रस्फुटन गराउन मासिक काव्य सभा सुरु गरिएको बताए ।
कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधव कल्पित र प्रतिष्ठानका सदस्य ताराप्रकाश भट्टराईले गरेका थिए ।
 

सम्बन्धित समाचार