२०८१ चैत्र १४ गते , विहीबार

नेकपाकै नेता प्रयोग गरी संसद् र संविधानमाथि खुकुरी हानियो : नेता कार्की

sajilo news
पार्थ मण्डल
२०७७ माघ २४ गते , शनिबार
नेकपाकै नेता प्रयोग गरी संसद् र संविधानमाथि खुकुरी हानियो : नेता कार्की

भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सुरेन्द्रकुमार कार्की (पार्थ) ले सामन्तवाद र विस्तारवादले पार्टीभित्रै एक जना नेतालाई प्रयोग गरेर संसद् र संविधानमाथि खुकुरी प्रहार गरेको दाबी गरेका छन्। 

प्रचण्ड–नेपाल समूहको नेकपा संघर्ष समिति बिर्तामोडले शनिवार आयोजना गरेको कार्यकर्ता भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै विदेश विभाग उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य कार्कीले भने, ुनेपाली जनतालाई मन परेको संसद् र संविधान भारतका सत्ता पक्ष र राजावादीहरूलाई मन परेको थिएन, नेपालमा जारी गर्न लागेका संविधान त्यति बेला नै भारत र राजवादीहरूले रोक्न खोजेका थिए। त्यसपछि सांसदले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेपछि भारतका सत्ताधारी वर्गमा खैलाबैला नै मच्चियो।ु 

‘भारतले सेना पठाएर संसद् विघटन गर्न सक्दैन, राजावादीले खुकुरी निकालेर त्यसलाई समाप्त पार्न सक्दैन,’ नेता कार्कीले भने, ‘नेपाली जनताले मन पराएको संसद् र संविधानलाई सिध्याउन नेकपा पार्टीभित्रकै भविष्यप्रति असाध्यै गैरजिम्मेवार, वर्तमानलाई सबै कुरा ठान्ने एक जना गैरजिम्मेवार नेतालाई अगाडि सार्‍यो, संविधान र सांसदमाथि खुकुरी प्रहार गर्‍यो,’ उनले थपे, ‘गन्हाएको र बास्ना आएको धेरै चाल पाइ राख्नु पर्दैन, यो सबैले बुझ्ने कुरा हो, अहिले भारत र राजावादी दुवै खुसी छ।’

सम्बन्धित समाचार