२०८३ बैशाख ३ गते , विहीबार

आमहड्ताल सफल बनाउन प्रचण्ड–नेपाल समूह नेकपा झापाको आव्हान

sajilo news
पार्थ मण्डल
२०७७ माघ २१ गते , बुधबार
आमहड्ताल सफल बनाउन प्रचण्ड–नेपाल समूह नेकपा झापाको आव्हान

झापा । नेकपाको प्रचण्ड–नेपाल समूहले भोलि (बिहीबार) देशव्यापी आमहड्ताल गर्ने भएको छ । सरकारले संवैधानिक निकायहरूमा जबरजस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड–नेपालले त्यसको विरोधमा आमहड्ताल गर्न लागेको बताइएको छ । आमहड्ताललाई सफल बनाउन प्रचण्ड–नेपाल समूहका नेकपा जिल्ला कार्य समिति झापाले आव्हान गरेका छन् । 

सङ्घर्ष समिति झापाका संयोजक मणिकुमार साम्पाङको अध्यक्षतामा बुधवार बसेको बैठकले विभिन्न निर्णय गर्दै यस्तो आव्हान गरेको हुन । बैठकले काम चलाऊ सरकारले गरेका असंवैधानिक नियुक्तिविरुद्ध जिल्लामा आमहड्ताल भव्य रुपमा सम्पन्न गर्ने, माघ २४ गते बिर्तामोडको सिटी सेन्टरमा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने, माघ २५ गते अखिल नेपाल महिला सङ्घले जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माघ २८ गते काठमाडौँ हुने वृहत् सभामा सहभागी हुने, फागुन १ गते जनयुद्ध दिवस भव्य रुपमा मनाउने र फागुन १० गतेभित्र जिल्लाका सबै नगर तथा गाउँमा सङ्घर्ष समिति गठन गर्ने लगायतको निर्णय गरेको जनाइएको छ । 

 

सम्बन्धित समाचार