२०८३ बैशाख ३ गते , विहीबार

ओली पक्षका नेकपा झापाद्वारा जिल्ला कमिटी विस्तार

sajilo news
पार्थ मण्डल
२०७७ माघ १९ गते , सोमबार
ओली पक्षका नेकपा झापाद्वारा जिल्ला कमिटी विस्तार

झापा । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला सदस्य थप गरी कमिटि विस्तार गरेको छ। सोमवार विर्तामोडमा आयोजित चौथो पूर्ण बैठकबाट सदस्यहरु थप गरेको हो । १ सय ७७ सदस्यीय जिल्ला कमिटीमा थप गरेर ६ सय १ पु¥याइएको छ ।

चौथो बैठकबाट थप भएका जिल्ला सदस्यहरुलाई प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले सपथ खुवाएका छन् । जिल्लाका अगुवा नेताहरुलाई प्रदेश सदस्यको लागि सिफारिस समेत गरिएको जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

बैठकमा प्रदेश सांसद् गोपाल बुढाथोकी, जसमाया गजमेर, पुराना नेता मनकुमार गौतम, प्रदेश अध्यक्ष घिमिरे, संविधानसभा सदस्य दिपक कार्की लगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार