२०८३ बैशाख ३ गते , विहीबार

काँग्रेसका १३ वटै भ्रातृ संस्थाले सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्ने

sajilo news
पार्थ मण्डल
२०७७ माघ १९ गते , सोमबार
काँग्रेसका १३ वटै भ्रातृ संस्थाले सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्ने

झापा । नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले आज संसद बिघटनविरुद्ध संयुक्त विरोध प्रर्दशन गर्ने भएका छन्।  भ्रातृ संस्थाहरुको संयुक्त आयोजनामा आज ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसले जनाएको छ। संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गर्न लागेको जनाइएको छ। 

नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले संयुक्त प्रदर्शन गर्न लागेका हुन्।  काठमाडौंको भोटाहिटीबाट दिउँसो १ बजे विरोध प्रर्दशन शुरु हुने नेपाल आदिवासी जनजाति संघले जनाएको छ। प्रदर्शनमा सहभागी हुन १३ वटै भ्रातृ संगठनले संयुक्त विज्ञप्तिमार्फत् अपील गरेका छन्।

सम्बन्धित समाचार