२०८१ बैशाख २१ गते , शुक्रबार

भाइको कुटपिटबाट दाजुको मृत्यु

sajilo news
झापा
२०८१ बैशाख ८ गते , शनिबार
भाइको कुटपिटबाट दाजुको मृत्यु

सङ्खुवासभाको सभापोखरी गाउँपालिका- ३ एथुम्बु स्थितमा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ । शुक्रबार अपराह्न ५ बजे स्थानीय ४१ वर्षीय सनमान राई (बोल्न नसक्ने) लाई सामान्य घरायसी विवादको क्रममा उनका भाइ ३८ वर्षीय प्रवीण राईले कुटपिट गरेका थिए । घाइते भएका दाजुका बेलुका साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनामा संलग्न भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार