२०७८ बैशाख ७ गते , मंगलवार

प्रदेश खबर

चन्द्रगढीको लेखनाथ चोकदेखि देउनियाँ खोलासम्मको सडक विस्तारको काममा विवाद

झापाको भद्रपुरस्थित चन्द्रगढीको लेखनाथ चोकदेखि पश्चिम काफ्ले टोल हुँदै देउनियाँ खोलासम्म जोडन नालासहित सडक विस्तारको निर्माण कार्यमा विवाद देखिएको छ । एक वर्ष अघि सघन सहरी विकास आयोजना भद्रपुरले निर्माण गरेको कल्भर्ट नै दक्षिण तर्फ दुई फिट मिचेका कारण अहिले सडक विस्तारको काममा विवाद देखिएको हो ।

झापासहित प्रदेश १ मा थपिए ५५ जना कोरोना सङ्क्रमित

प्रदेश १ का विभिन्न जिल्लामा आज ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आज सबै भन्दा धेरै मोरङको विराटनगर महानगरपालिकामा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कामती परिवारले दिए मेची अस्पताललाई टेबल र डसविन

भद्रपुर । भद्रपुरस्थित मेची अञ्चल अस्पताललाई टेबल र डसविन हस्तान्तरण गरिएको छ ।  भद्रपुर नगरपालिका ६ निवासी वसन्त कामतीले मेची अस्पताललाई २१ वटा टेबल र ३ वटा डसविन हस्तान्तरण गरेका हुन् ...

मिनी ट्रकको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु

झापा । भारतीय नम्बर भएको मिनी ट्रकको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार मेचीनगर नगरपालिका–७ इच्छा टोलका ३२ वर्षीय मन ...

झापामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ 

झापा । झापामा एक भारतीय नागरिक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पञ्चायतका २६ वर्षीय सिद्धिक आलम रहेको प्रहर ...

झापाको खुदुनावारीमा प्रहरी चौकी स्थापना हुने

झापा । झापाको खुदुनावारीमा एक हप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार प्रहरी चौकी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो । ‘एउटा सानो ...

झापाका पाँच हत्या प्रकरण : अनुसन्धान फितलो हुँदा हत्यारा पत्ता लगाउन प्रहरीलाई मुस्किल

झापा । झापामा पछिल्लो दुई वर्षमा भएका हत्यामध्ये ६ घटनाको प्रहरीले अहिलेसम्म सुराग पत्ता लगाउन सकेको छैन ।

तेह्रथुममा जिप दुर्घटना, एक जनाको मृत्यु

झापा । तेह्रथुममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। म्याङलुङदेखि मोराहाङतर्फ जादै गरेको को १ ज ३४०९ नम्बरको जिप लाप्छायाङ टोलमा आइतबार राति साढे ९ बजे दुर्घटना भएको थियो। दुर्घट ...

आज बैशाख ६ : दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर जुन दिन झापाका दुई सपुत ढले

झापाको सदरमुकाम भद्रपुरमा हजारौं प्रदर्शनकारी उत्रिएका थिए । सोही क्रममा तत्कालिन राजा ज्ञानेन्द्रको आदेशमा सेनाले प्रदर्शनकारीमाथि गोली बर्षाएका थिए । सेना र प्रहरीको दमनमा परी सयौं झापाली घाइते भएका थिए ।

दिल्लीबाट काँकडभिट्टा नाका आएका ८ जनामा एन्टिजिन पोजेटिभ, झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ पुग्यो

पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका आठ जनामा कोरोना भाइरसको एन्टिजिन पोजेटिभ देखिएको छ। आठ जनामा एन्टिजिन पोजेटिभ देखिएसँगै जिल्लामा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन्।

झापाका अग्रज पत्रकार काजीले दिए पत्रकार महासङ्घको साधारण सदस्यबाट राजीनामा

झापा । करीव ६० वर्षदेखि पत्रकारिता गर्दै आएका झापाका अग्रज पत्रकार नकुल काजीले नेपाल पत्रकार महासंघको साधारण सदस्यसमेतबाट राजीनामा दिएका छन् । घुमाउरो पारामा असन्तुष्टि जनाउँदै उनले र ...

पूर्वमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

झापा, सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । 

भारतीय रुपैयाँसहित एक जना पक्राउ

झापा । मोरङ विराटनगर १७ मटेरुवा स्थितबाट सुनसरी धरान ८ का ५५ वर्षीय नौसाद मियालाई भारतीय रुपैयाँ सहित पक्राउ गरिएको छ । शनिवार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतीय रुपैय ...

बिर्तामोडमा पार्किङ अस्तव्यस्त, भद्रपुर रोडको दुई लेन सवारीसाधनले ढाक्यो

झापा । लगभग निर्माण सकिएको बिर्तामोड– भद्रपुर सडक खण्डको आधा भाग पार्किङको रुपमा रूपान्तरण हुन थालेको छ । व्यवसायी र किनमेलमा आउने सर्वसाधारणले सडक क्षेत्रमै पार्किङ गर्दा आवतजावतम ...

प्रायुस र स्मारिकालाई ‘मिस्टर एन्ड मिस प्रोभिन्स वान’ सिजन–२ को ताज

झापा । प्रायुस पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एन्ड मिस प्रोभिन्स वान’ सिजन – २ को ताज हात पारेका छन् । स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगितामा पौड् ...